शिक्षामन्त्री श्रेष्ठको दबावमा जातिय छुवाछुत गर्ने घरबेटी सरस्वती प्रधान थुनामुक्त

दियो पोस्ट  

काठमाडौं, ९ असार । सञ्चारकर्मी रुपा सुनारलाई जातिय छुवाछुत गर्दै घर भाडामा दिन अस्विकार गर्ने घरबेटी थुनामुक्त भएकी छिन् । उनलाई शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको दबावमा छाडिएको स्रोतले बताएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले हिरासत बाहिरै राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिइएको हो ।


प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ प्रहरी कार्यालयसम्मै पुगेको समेत प्रत्यक्षदर्शीको दाबी छ । तीन दिन अघि महानगरिय प्रहरी बृत सिंहदरबारले प्रधानलाई बबरमहलबाट पक्राउ गरेको थियो ।

पक्राउपछि जिल्ला अदालतबाट तीन दिन म्याद थपेर अनुसन्धान गरिएको थियो । प्रहरीले अनुसन्धानको प्रतिवेदन सरकारी वकिल समक्ष पेश गर्छ ।

तर, सरकारी वकिलले यस्ता मुद्दामा हिरासतमै राखेर अनुसन्धान गर्ने वा थुना बाहिर राखेर अनुसन्धान गर्ने भनेर निर्णय गर्नुपर्छ । सोही कानुनी छिद्रलाई प्रयोग गरेर उनलाई थुना बाहिरै राखेर अनुसन्धान गरिने भएको सरकारी वकिलको कार्यालयको प्रतिक्रिया छ ।


तनहुकी रुपा सुनारलाई घरवेटी प्रधानले शुरुमा कोठा भाडामा दिने कबुल गरेकी थिइन् । तर, पछि सुनार अर्थात दलित भन्ने थाहा पाएपछि कोठा दिन अस्विकार गरेकी थिइन् ।

सिफारिस