मकैबालीमा किराले सताएपछि धादिङ गल्छीका किसान हैरान

दियोपोस्ट संवाददाता

धादिङ, १० असार । मकैबालीमा किरा देखिएपछि धादिङ्गको गल्छी गाउँपालिकाका किसान चिन्तामा परेका छन् ।


नयाँ प्रजातिको किरा विगत २ वर्षदेखि मकैबालीमा लागेपछि मकै उब्जनीमै समस्या देखिने भएको छ । नयाँ प्रजातिको उक्त किरा के हो भन्ने विषयमा जिल्लास्थित सरोकारवाला निकायले समेत ध्यान दिएका छैनन् ।

किसानहरुले उक्त किरा नष्ट गर्न विभिन्न प्रकारका किटनाशक विषाधी प्रयोग गरेपनि किरा नष्ट भएको छैन ।

स्थानिय दिपक रेग्मीका अनुसार किराका कारण मकै उब्जनी नै नहुने अवस्थामा पुगेपछि किसानहरु चिन्तित बनेका हुन् ।

सम्बन्धित खबर