युवराज पहाडी
ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुङगाको प्रमुखमा नेपाली काग्रेसका डिल्लीराम खनाल र उपप्रमुखमा तारावेदी कार्की निर्विरोध निर्वाचित भएका छन । मनोनयन दर्ताको अन्तिम समय सम्मपनि नेकपा एमालेले आफनो उमेद्धवारी नदिएपछि काग्रेसका खनाल र कार्की सहित सम्पुर्ण सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
३० जेठमा हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि शनिबार प्रमुखमा खनाल र कार्कीको उम्मेदवारी दर्ता भएको थियो । सदस्यमा गोपालमान थापा, राजाबाबु किराँती, बद्रि बिक्रम कार्की, भीम कुमार गौतम, भीम कुमारी कटवाल (खत्री),भीम कुमारी कामी र मैयाँ सुनुवार निर्वाचित भएको निर्वाचन कार्यालय ओखलढुङगाले जनाएको छ । निर्वाचित सबै पदाधिकारी र सदस्य नेपाली कांग्रेसका हुन् ।