काठमाडौं । बर्खायाम शुरु हुँदा समेत मल नपाएर छटपटिएका किसानले धादिङको धार्केमा मल कब्जा गरेका छन् । काठमाडौं ल्याउँदै गरेको अवस्थामा स्थानिय किसानले २ ट्रक मल कब्जा गरि स्वस्तफुर्त रुपमा वितरण गरेका हुन् । तर, मल वितरण गरिएको स्थानमा आएका किसानमाथि प्रहरीले ज्यादती गरेको छ ।
प्राप्त भिडियोमा सशस्त्र प्रहरीले महिलामाथि बन्दुकको कुञ्जाले प्रहार गरेका छन् । शनिबार दिउँसो सडकमा जम्मा भएका स्थानियले २ वटा ठूला ट्रक नियन्त्रणमा लिएका थिए । प्रहरीको ज्यादतीबाट दर्जनौँ किसान घाइते भएका छन् ।
शुक्रबार नेपाल भारत सिमामा राजश्व छली गरेर ल्याइएको २ ट्रक मल प्रहरीले बरामद गरेको थियो । मुद्दा चलाउनका लागि राजश्व अनुसन्धान विभाग ल्याउँदै गर्दा जनताले कब्जा गरेका हुन् । कतिपयले भने उक्त मल व्यापारीकै योजनामा कब्जा गराइएको आरोप लगाएका छन् ।