म्यानपावर व्यावसायी कुलदेव जोशीको लापरबाहीले साउदी अरबमा धादिङका २ युवा विचल्ली !

दियो पोस्ट  

काठमाडौं । सीतापाइला स्थित एडभेन्चर ह्युमन रिसोर्स प्रा.ली नामक म्यानपावर कम्पनिबाट साउदी अरब पुगेका दुई युवाको विचल्ली भएको छ । रोजगारदाता कम्पनिको लापरबाहीका कारण उनीहरुको विचल्ली भएको हो । धादिङको निलकण्ठ नगरपालिका ज्यामरुङ घर भएका सुदर्शन थापा र रविन गुरुङको विचल्ली भएको हो ।

नेपालस्थित म्यान पावर कम्पनिले उनीहरुलाई आकर्षक तलब र कामको प्रलोभन देखाएर साउदी पठाएको भएपनि त्यहाँ कम्पनिले भने जस्तो काम र तलब दुबै नपाएपछि उनीहरु विचल्लीमा परेका हुन् । म्यान पावर कम्पनिले अर्कै कम्पनिमा काम लगाइदिएपनि त्यहाँ काम गर्दा दुवै जना विरामी भएका छन् । उनीहरु घाइते अवस्थामा पुगेपछि त्यहाँको कम्पनिले कामबाट निकालेको उनीहरुले बताए । कामबाट निकालेपछि उनीहरुलाई नेपाल फर्काउन लाखौँ रुपैयाँ माग भएको समेत ती युवाहरुले बताए ।

पीडितका आफन्तका अनुसार नेपालस्थित म्यानपावर कम्पनिका अध्यक्ष कुलदेव जोसीको बदमासीका कारण उनीहरुको विचल्ली भएको हो । तर, जोशी भने साउदीमा विचल्ली परेका युवालाई नै दोष देखाउँछन् । ‘ती केटाहरु कारवासका लागि गएका हुन् । उताको १५ सय दिराम तलब भनेको हो । उनीहरुसहित कारवासमा १ सय २४ जना गएका हुन् । ती मध्ये उनीहरुकै आन्तरिक कारणले २ जना फर्किए,’ जोशीले दियोपोस्टसँग भने,‘यी दुई जनालाई भनेको काम पनि दिएको छ । भनेको तलब पनि दिएको छ । म्यानपावरले गल्ती नै गर्यो भनेपनि कारबाही पनि भोग्नुपर्छ । क्षतिपूर्ति पनि दिनुपर्छ । म्यापावरले भनेको काम र तलब दुबै दिँदा पनि म्यानपावर दोषी हुन्छ ?’

पीडित युवाले नेपाल फर्कन चाहे कम्पनिले नै खर्च व्यहोर्नुपर्ने भएपनि म्यानपावर संचालक जोशीले ती युवासँग उल्टो पैसा मागि रहेको पीडितका आफन्तले बताए । यता जोशी भने आफूले नभई कम्पनिले पैसा मागेको बताउँछन् । उनले कम्पनिले पैसा मागेको इमेल दियोपोस्टलाई पठाउने बताएपनि हालसम्म कुनै पनि इमेल पठाएका छैनन् ।

सम्बन्धित खबर

ट्रेन्डिङ