जलवायु परिर्वतनले हाम्रो मानसिक स्वास्थ्यलाई कसरी असर गरिरहेको छ ?

खुमा वली  

लेखकः पूजा राठी

अनुवादः खुमा ओली

पहिलो मार्च र त्यसपछि अप्रिल २०२२ लाई भारतीय मौसम विभागले अहिलेसम्मकै सबैभन्दा गर्मी महिनाको रुपमा रेकर्ड गरेको छ । मौसम विभागले अप्रिललाई १२२ वर्षमा तेस्रो सबैभन्दा गर्मी महिनाको रुपमा वर्णन गरेको छ । सन् १९०१ पछिको रेकर्डमा २०२२ मा अत्याधिक गर्मी रहेको छ । उत्तर पश्चिमी र मध्य भारतमा गर्मीको लहरका कारण तापक्रम ४७ डिग्रीसम्म पुगेको थियो । जलवायु परिर्वतन अहिलेको सबैभन्दा ठूलो चुनौती हो । बढ्दो तापक्रम, तीव्र तातो हावा र विग्रँदै गएको मानव स्वास्थ्यले भयावह समस्याको रुप लिइरहेको देखिन्छ ।

गर्मीको लहरसम्बन्धि हालै गरिएको एक अध्ययनले तातो लहरका कारण मानिसको शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यमा समेत असर पर्ने देखाएको छ ।

द कन्भरसेसन डटकममा प्रकाशित रिपोर्ट अनुसार, हालै अध्ययनबाट थाहा हुन्छ, कुनै पनि स्थानको सामान्य तापक्रममा पाँच प्रतिशत वृद्धि अस्पतालको आपतकालीन कोठामा कम्तीमा दश प्रतिशत बिरामीहरुको वृद्धिसँग सम्बन्धित छ ।

बढ्दो तापक्रमले कमजोर मानसिक स्वास्थ्य अवस्था भएका मानिसहरुमा लक्षणहरु अझ खराब बनाउन सक्छ । गर्मीसँगै बाढी र आगो जस्ता अन्य मौसमी घटनाहरुले डिप्रेसनसँग सम्बन्धित लक्षणहरुमा वृद्धि देखिएको छ । योसँगै चिन्ताबाट ग्रसित व्यक्तिमा पनि लक्षणको वृद्धि देखिएको छ ।

यतिमात्र नभई, बढ्दो तापक्रमका कारण आत्महत्याको प्रयास र आत्महत्याका घटनाहरु पनि दिनहुँ बढ्दो क्रममा छन् ।

मासिक मौसम तापक्रममा प्रत्येक १ डिग्री सेल्सियस वृद्धिको लागि मानसिक स्वास्थ्य सम्बन्धी मुत्युमा २/२ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।

आद्र्रता (ह्युमानिटीज)का कारण हुने गर्मीले आत्महत्या गर्नेको संख्या पनि बढेको छ ।

जलवायु परिर्वतनका कारण आद्रता र तापक्रम दुवै परिर्वतन भइरहेका छन् । यस कारण, विपोलर डिसअर्डर भएका मानिसहरुको समस्या बढ्छ । रोगको यो अवस्थाले ठूलो क्षति निम्त्याउन सक्छ । जसका कारण मनोविकृति र आत्महत्याको विचारका कारण बिरामीलाई अस्पताल भर्ना गनुपर्ने हुनसक्छ । गर्मीको समस्याले उपचारमा पनि बाधा पु¥याउँछ । मानसिक रोगको उपचार गर्न प्रयोग गरिने महत्वपूर्ण औषधिहरुको प्रभावकारीता घटाउन सक्छ । एकै समयमा केही औषधिहरुले गर्मी सम्बन्धी मृत्युको जोखिम बढाउँछन् ।

गर्मीको कारण आक्रमक व्यवहारमा वृद्धि

गर्मीले मानसिक स्वास्थ्य र बिना मानसिक स्वाथ्य समस्याका सबै मानिसहरुको सोच्ने र तर्क गर्ने क्षमतालाई असर गर्न सक्छ । कठिन कार्यहरु तयार गर्ने र समाधान गर्ने व्यक्तिको मस्तिष्क गर्मीको तनावबाट प्रभावित भएको अनुसन्धानले देखाएको छ । बोस्टनका विद्यार्थीहरुको अध्ययनले गर्मीको लहरमा वातावरण अनुकुलित बिना कोठामा बस्ने मानिसहरुले परीक्षणमा आफ्ना साथीहरुको तुलनामा १३ प्रतिशत खराब प्रदर्शन गरेको पत्ता लगाएका छन् । गर्मीका कारण मानिसले राम्ररी सोच्न सक्दैन ।

यदि तिनीहरु यसबाट निराश हुन्छन् भने, यसले तिनीहरुमा आक्रामकता निम्याउन सक्छ । चरम गर्मी र हिंसात्मक अपराधमा वृद्धिसँग यसलाई जोड्ने प्रमाणहरु छन् । तापक्रम एक वा दुई डिग्री सेल्सियसले बढ्दा आक्रमणहरु तीन देखि पाँच प्रतिशतले बढ्न सक्छ । विश्वव्यापी रुपमा जलवायु परिर्वतन सन् २०९० सम्म सबै अपराधहरुमा पाँच प्रतिशत वृद्धि हुन सक्छ ।

भारतमा जलवायु परिर्वतन र मानसिक स्वास्थ्य

डाउन टु अर्थमा प्रकाशित लेखका अनुसार गर्मीका कारण मानसिक स्वास्थ्यमा असर परिरहेको छ ।

यसको प्रभाव सेन्ट्रल इन्स्टिच्युट अफ साइकियाट्रिक (सिआइपी) रांचीमा देखिएको छ । यही वर्षको मार्चमा गर्मी बढेपछि सीआइपीले १० देखि २० प्रतिशतले वृद्धि भएको छ । यो प्रवृत्ति सामान्यतया अप्रिलमा सुरु हुन्छ र जुको अन्त्यमा जारी रहन्छ ।

यस वर्षको मार्चमा, विपोलर डिसअर्डर (मस्तिस्क सम्बन्धी रोग) को उन्मत्त अवस्थाका घटनाहरु अस्पतालमा भर्ना हुनुको सबैभन्दा सामान्य कारण थिए । चिडचिडापन, आक्रमकता र उत्तेजना केही सामान्य लक्षणहरु हुन् । अर्को तर्फ मानसिक स्वास्थ्यमा उच्च तापक्रमले सधैं मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्दैन । लिथियम विपोलर रोगीहरुमा व्यापक रुपमा प्रशासित मूड स्थिर गर्ने एजेन्ट हो । यसले पसीना बढाउछ र शरीरमा अधिक मात्रामा पानीको आवश्यक पर्दछ ।

जलवायु संकट विश्वमा मानसिक स्वास्थ्यका लागि चुनौती बन्दै गएको छ !

यस बाहेक यो वर्ष मार्च २०२२ मा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलको रिपोर्टले पनि जलवायु परिवर्तनले मानिसको मानसिक स्वास्थ्यमा नराम्रो गरी असर गरिरहेको पुष्टि गरेको छ । यो रिपोर्टले मानसिक स्वास्थ्यमा जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावलाई उल्लेख गरेका छ ।

रिपार्टका अनुसार गर्मीका कारण मानसिक स्वास्थ्यमा नराम्रो असर पर्ने भनेको आत्महत्या, मानसिक विकार, चिन्ता, डिप्रेसन, तनाव र मनोवैज्ञानिक अस्पतालमा बिरामीको संख्या बढी हुनु हो ।

रिपोर्टले, क्यानडाका मानिसहरुको गर्मी र बदलिँदो व्यावहार बीचको सम्बन्ध भेटिएको बताएको छ । रिपोर्टमा अमेरिकासँग सम्बन्धित एक अध्ययनलाई उद्धत गर्दै त्यहाँको औसत तापक्रम १६ देखि ३० डिग्री सेल्सियससम्म बढ्दा मानसिक स्वास्थ्य समस्यामा ०.५ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ । पाँच वर्षयता एक डिग्री सेल्सियसले तापक्रम बढेपछि आत्महत्याका घटना पनि बढेका छन् ।

विश्वव्यापी रुपमा जलवायु संकट र स्वास्थ्य बीचको सम्बन्ध जोडिएको छ । पृथ्वीमा निरन्तर बिग्रँदै गएको हावापानी मानव जीवनका लागि ठूलो खतरा हो । सन् २०३० देखि २०५० सम्म जलवायु परिवर्तनले गर्मी तनावसहित प्रत्येक वर्ष लगभग २५०,००० थप मृत्यु हुन सक्ने अनुमान गरिएको छ । अर्का रिपोर्टका अनुसार २५ देखि ५० प्रतिशत मानिसको मानसिक स्वास्थ्य अति मौसमी प्रकोपका कारण प्रभावित भएको छ ।

प्राकृतिक प्रकोपछि ५४ प्रतिशत वयस्क र ४५ प्रतिशत बालबालिकामा डिप्रेसनको अनुभव गरिएको थियो । मानवका कारण आद्रता र तापक्रम दुवै जलवायु परिवर्तनको परिणाम स्वरुप परिवर्तन हुँदैछ । यस कारण विपोलर डिसअर्डर भएका मानिसहरुमा उनीहरुको रोगसँग सम्बन्धित समस्याहरु बढ्छन् । रोगको यो अवस्थाले ठूलो क्षति निम्त्याउन सक्छ । विश्वव्यापी रुपमा जलवायु संकटका कारण मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा असर परेको प्रतिवेदनहरु निरन्तर आइरहेका छन् ।

हालै विश्व स्वास्थ्य संगठनले पनि जलवायु परिवर्तनले मानसिक स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न गरेको बताएको छ ।

संगठनले देशहरुलाई जलवायु संकटमा मानसिक स्वास्थ्य सेवाहरु समावेश गर्न आग्रह गरेको छ । सन २०२१ मा डब्ल्यूएचओले गरेको सर्वेक्षण अनुसार ९५ मध्ये नौ देशहरुले मात्र उनीहरुको राष्ट्रिय स्वास्थ्य र जलवायु परिवर्तन योजनाहरुमा मानसिक स्वाथ्य र मनोसामाजिक समर्थन समावेश गरे ।

मानवीय क्रियाकलापबाट हुने जलवायु परिवर्तनले पृथ्वी र मानव दुवैको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ । यसको परिणाम हाम्रै अगाडि छ । जलवायु परिवर्तनलाई अस्विकार गर्नु अब कुनै विकल्प छैन । यस विषयको गम्भीरतालाई वातावरण संरक्षणका ठूला सम्मेलनहरुभन्दा बाहिर रहेर साच्नुपर्छ । नेतृत्व र जनता यसप्रति बढी संवेदनशील हुन आवश्यक छ । पृथ्वी र मानव जीवन बचाउनको लागि अझैपनि सही कदम चाल्न सकियो भने अवस्था केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।