काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
एसएसपी दिनेश आचार्यका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको
पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्।
योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ।