सम्पर्क विहिन भएको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखु पिकेमा दुर्घटनाग्रस्त !

दियो पोस्ट  

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौं आउँदै गर्दा सम्पर्क विहिन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

सोलुखुम्बुको लिखुपिके नम्बर ५ लामजुराडाँडामा हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनाको खबर पाए लगत्तै गाउँपालिका अध्यक्ष मिना बस्नेत र वडाध्यक्ष ङिमा छिरि लामा सहितको टोली घटनास्थल तर्फ जाँदैछ ।
घटनाबारे जानकारी पाएपछि स्थानिय प्रहरी चौकीका कर्मचारी त्यस तर्फ प्रस्थान गरेका छन् । स्थानिय होटल चलाउने व्यक्तिले दुर्घटनाको खबर दिएका थिए । सोही खबरका आधारमा प्रशासन त्यस तर्फ लागेको हो । होटल चलाउने व्यक्तिका अनुसार हेलिकोप्टर पूर्ण रुपमा क्षतविक्ष्ँत भएकाृ छ ,

हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट टेकबहादुर गुरूङ रहेको प्रजिअ भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको उनले बताए ।

सिफारिस