मनाङ हेलिकोप्टर दुर्घटनाः पाइलटसहित सवार ६ जनाकै मृत्यु

५ जना यात्रुमध्ये सबै मेक्सिकोका नागरिक

दियो पोस्ट  

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा सवार ६ जनाको नै शव फेला परेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।

सोलुखुम्बुको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एन–एएमभी कलसाइन भएको हेलिकोप्टर मंगलबार बिहान ९ः५२ बजे दुर्घटनामा परेको हो। हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ भकाञ्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।

हेलिकोप्टरमा १ जना पाइलट र ५ जना यात्रु थिए। ५ जना यात्रुमध्ये सबै मेक्सिन नागरिक रहेका जनाइएको छ।

सिफारिस