बैतडीमा पहिरोले घर पुरिँदा ४ वर्षीया छोरासहित आमा मृत्यु, ३ जना घाइते

दियो पोस्ट  

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–२ मा पहिरोले घर पुरिँदा २४ वर्षीया अञ्जु जागरी र उनका ४ वर्षीया छोरा रिजन जागरीको मृत्यु भएको हो।

पहिरोमा परेर अञ्जुको घरमा पाहुना बस्न आएकी ६० वर्षीया जस्मा बोहोरासहित स्थानीय ४५ वर्षीया राइमती जागरी र १८ वर्षीय गोब्बर जागरी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार बिहान ३ बजे घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा भित्र सुतिरहेका उनीहरूको मृत्यु भएको हो।

पहिरोले पशुचौपायामा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।