निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

दियोपोस्ट संवाददाता

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।

सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि अफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै समितिले उनको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समामचार

‘नैतिक चरित्र’ मा प्रश्न उठेपछि निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमानको नाम फिर्ता

यौन शोषणका आरोपीत कृष्णमान प्रधान निर्वाचन आयुक्त !

सम्बन्धित खबर

सिफारिस