सरकारी निकायका सबै भुक्तानि विद्युतीय गर्न अर्थ मन्त्रालयको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी निकायका सबै कारोवारमा बिद्युतीय भुक्तानी गर्न निर्देशन दिएको छ । मन्त्रालयले आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायका सबै भुक्तानी बिद्युतीय भक्तानी गर्ने विषयमा गत शुक्रबार मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम सबै निकायमा परिपत्र गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

अहिले सरकारी निकायले गर्ने यस्ता भुक्तानीहरू चेक मार्फत गर्दै आएको थियो ।

सम्बन्धित खबर