काठमाडौँ, असार २४ । लघुबित्त तर्फ नेपालकै जेठो २७ बर्ष लामो ईतिहास बोकेको निर्धन उत्थान लघुबित्त बित्तिय संस्थाको कर्मचारी युनियनले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
२०७६ जेठ २७ गते युनियनले ब्यबस्थापन समक्ष राखेको ७ बुदे मागको असार २१ देखि २३ गते सम्म ब्यबस्थापन र युनियन पक्ष बिच भएको वार्तामा ब्यबस्थापन पक्षले कर्मचारीको माग पूरा गर्ने तर्फ कुनै अग्रसरता नदेखाएकोले युनियनले चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरेको हो।
देशै भर ७७ वटा जिल्लामै १८१ शाखा रहेको संस्थामा करिब ६०० स्थायी कर्मचारि र ३०० करार कर्मचारी रहेको सन्स्थामा आन्दोलनले कर्जा जोखिम र संस्थाको गरिमामा असर पर्ने देखिएता पनि व्यवस्थापनले विगतमा पनि बारम्बार सहमती गर्ने र सहमतिको कार्यान्वयन लाई नजरअन्दाज गरेकोले वाध्य भएर आन्दोलनको कार्यक्रम ल्याउनु परेको युनियन तर्फका वार्ताटोलिका संयोजक महेन्द्र बहादुर चौधरीले बताएका छन् ।
युनियनले असार २७ देखि नक्साल स्थित केन्द्रिय कार्यालयको कामकाज ठप्प पार्ने, असार श्रावण ५ गते देखि ७ वटै प्रदेश कार्यालय ठप्प पार्ने र श्रावण ११ गते सम्म माग पूरा नभए श्रावण १२ देखि देशै भरका १८१ वटा शाखा कार्यालय बन्द पार्ने र सम्पुर्ण क्षतिको जिम्मेवारी ब्यबस्थापन स्वयमले लिनु पर्ने युनियनका महासचिब कुशलबाबु नेपालले बताएका छन् ।