स्मार्ट, युटिएल र नेपाल स्याटलाइटको ४ अर्ब बक्यौता, लाइसेन्स खारेजको तयारीमा दुरसंचार

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १ । नेपाल दुरसंचार प्राधिकरणले विभिन्न शीर्षकमा बक्यौता बुझाउनुपर्ने दुरसंचार सेवा प्रदायक कम्पनीलाय दिएको अन्तिम अबसर पनि घर्र्र्किएको छ । दुरसंचार प्राधिकरणले गत चैत्र १२ गते बक्यौता बुझाउन बाँकी रहेका ती कम्पनीहरुलाई असार मसान्तसम्मको समय दिएको थियो ।

बक्यौता नबुझाउनेलार्य सात दिनको समय दिएर स्पष्टीकरण सोध्ने र त्यसबिचमा नबुझाए कानुनअनुसार कारवाही गर्ने प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

प्राधिकरणका अनुसार स्मार्ट टेलिकम, भारतीय बहुमत लगानीको युनाइटेड टेलिकम(यूटीएल) र नेपाल स्याटेलाईट टेलिकम (हेल्लो नेपाल) करिब चार अर्ब १९ करोड रुपियाँ बुझाउन बाँकी छ । त्यसमध्य सबैभन्दा धेरै स्मार्ट टेलिकमको २ अर्ब ५९ करोड रुपियाँ बक्यौता छ ।

त्यस्तै युटिएलको करिब ८४ करोड बक्यौता छ भने नेपाल स्याटेलाइटको फ्रिक्वेन्सी दस्तुरवापतको करिब ७६ करोड रुपियाँ बक्यौता रहेको प्र्राधिकरणले जनाएको छ । विश्वास रेग्मीले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

सम्बन्धित खबर