
काठमाडौं, १६ साउन । केहीमहिना अघि प्रेस लेखेको मोटरसाइकलमा हतियार सहित एक जना व्यक्ति पक्राउ परे । पक्राउ परेका उनीबाट नेपालको प्रतिष्ठित टेलिभिजनको कार्ड समेत भेटियो । तर, राजधानीमा शुक्रबार भने प्रेस लेखिएको एउटा भ्यानमा माटाको भाँडाकुँडा असार्दै गरेको पाइएको छ ।
माटोको भाँडा ओसार्दै गरेको बा १९ च ६२५५ नम्बरको भ्यानमा माटोको भाँडा बोकिएको पाइएको हो । उक्त तस्विर पत्रकार चन्द्रशेखर कार्कीले खिचेर सामाजिक सञ्जालमा राखेका छन् ।
प्रेस लेखिएको उक्त भ्यान रमाइलो टिभी नामक युटुभ च्यानलको रहेको पाइएको छ । ओर्जिनल इन्टरटेनमेन्टद्वारा सञ्चालित रमाइलो टिभीको नम्बर ०१५१७२६६८ मा फोन गर्दा फोन उठेन । तर, वेभसाइटमा भने उक्त कम्पनिको अध्यक्ष दयाराम पाण्डेको नाम उल्लेख छ ।