
काठमाडौं, १६ साउन । नेपाल प्रहरीले बाटो हिँडिरहेको बटुवालाई समेत पक्राउ गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण तवरले विरोध गरिरहेका ‘इनअफ इज इनफ’का कार्यकर्ता भन्दै एक बटुवालाई समेत पक्राउ गरिएको पाइएको छ ।
पक्राउ परेका ती युवालाई प्रहरीले अमानबीय रुपमा झुण्ड्याउँदै भ्यानमा हालेको छ । त्यतिबलै ‘म बाटो हिँड्न पाउँदिन ? यो बाटो कसको हो ?’ भन्दै ती युवा चिच्याएका छन् ।
कोरोना परिक्षणको दायरा फराकिलो बनाउन माग गर्दै इन अफ इनअफका अभियान्ताहरुले प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा आएका अधिकांश कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।