“विचारको शुन्यताले हामीलाई दास बनाएको छ”

- फूलमती  

डा. मिना पौडेल

 

म स्वतन्त्र नागरिक हुँ । त्यसैले म पार्टीगत रुपमा व्याख्या विश्लेषण गर्ने भन्दा पनि स्वतन्त्र तरिकाले कम्युनिष्ट आन्दोलनको संकट र अबको बाटो बारे आफ्नो व्यक्तिगत धारणा राख्ने छु । कम्युनिष्ट आन्दोलनको वर्तमान स्थितिको विश्लेषण गर्दा मैले मुख्यगरी दुई तीन वटा विषयलाई केन्द्रमा राख्ने गर्छु ।

अहिलेको वामपन्थी आन्दोलन, प्रगतिशिल आन्दोलन होस्, अथवा कम्युनिष्ट आन्दोलन नाम जे भएपनि मुख्यगरी यो अग्रगमनलाई नेतृत्वगर्ने आन्दोलनको रुपमा मैले बुझ्छु । त्यसको वर्तमान स्थिति भनेको विचारमा शुन्यता हो । त्यो विचारको शुन्यताले हामीलाई दास बनाइरहेको छ । यो शुन्यताले हामीलाई दिगभ्रमित बनाएको छ । विचारको शुन्यताको कारण नै हामी अहिले एकदमै संकटग्रस्त खाडलमा पुगेका छौं भन्ने हिसाबले अहिलेको युवा पुस्ताले बुझ्नुपर्छ ।
हाम्रो समयमा हामीले विद्यार्थी राजनीति गर्दा, पेसागत राजनीति गर्दा र पार्टी राजनीति गर्दाको स्थिति फरक थियो । अहिले भने सांस्कृतिक विचलन निकै खस्किँदै गयो । हाम्रो सैद्धान्तिक मित्रता, नातागोता, वैचारिक संगत, हाम्रो छरछिमेकमा हामी एकदम एक्लिन पुगेका छौं । हामीलाई कसैसंग मतलब छैन । हामीले पश्चिमा संस्कृति, दलाल संस्कृति, स्वार्थी संसकृतिलाई अंगाल्न बाध्य छौ । यो हामीले चाहेर अथवा हाम्रो रोजाइले अंगालेको होइन् । हामीलाई भ्रममा राखिएको कारण हामी अंगाल्न बाध्य छौं ।
विचारमा सिंचित गर्नुपर्ने ठाँउमा हामीलाई वैचारिक रुपमा शुन्यता तर्फ धकेलिएको छ ।

म समाजशास्त्रको विद्यार्थी हो र यो विचारको शुन्यताबाट, सांस्कृतिक विचलनबाट , सामाजिक रुपान्तरणबाट पछाडि धकेलिएको अवस्थाबाट म स्वंयम पनि पीडित छु । सैद्धान्तिक विषयमा भन्दा पहिले मेरो अनुभव भन्छु । समग्रमा हिजोआजको राजनीतिक परिस्थिति र छलफललाई हेर्दा हामी २०४८ तिर फर्केको अनुभुति भएको छ मलाई । जब २०४८ सालमा पहिलो बहुदलिय व्यवस्था स्थापना भएपछि पहिलो निर्वाचित सरकारको अर्थमन्त्रीले जे गल्ती गरे त्यसको परिणाम सजाय आजसम्म हामीले भोग्नु परेको छ । एमसीसी , एसपीपी यस्ता सम्झौताहरु सबै त्यही गल्तीका रिजल्टहरु हुन् । यो भन्नुको तात्पर्य हामीले समाजवाद उन्मुख आन्दोलन ४६ सालमा बहुदलिय व्यवस्था स्थापना गर्यौं र त्यतिबेला पनि हामीले भनेको यही हो । बिस्तारै हामी समाजवाद तर्फ जानेछौं, बिस्तारै हामीले सुधार गर्दै लैजाने हो, सम्झौताको संविधानलाई स्विकार्दै अब हामी अग्रगमन तर्फ जाने हो भनेका थियौं हामीले । र त्यो आश गरेका थियौं । त्यसको नेतृत्व पार्टीले गरुन भन्ने थियो र गरेका पनि हुन् । तर अहिले आएर यो २०÷३० वर्षको छोटो समयक्रममा राजनीतिक परिवर्तन, समाज रुपान्तरण, सांस्कृतिक रुपान्तरण ३० वर्षमा हामी कहाँ पुग्यौं भन्ने कुराको हामी आफैं भुक्तभोगी छौं ।

मलाई कहिलेकाहीँ लाग्छ, हामी धेरै अगाडि जानुपर्दैन । हामीले यही ३० वर्षको नेराघेरामा रहेर हेरौं । हामीले ३० वर्षमा यति छिटो राजनीतिक फड्को मा¥यौं । पञ्चयात फाल्यौं, बहुदलिय व्यवस्था ल्यायौं, त्यसपछि माओवादी जनयुद्ध पनि भोग्यौं अनि ज्ञानेन्द्र पनि भोग्यौं, त्यसपछि
अहिले गणतन्त्र भोगिरहेका छौं । यति समयमा यति छिटो फड्को मार्यौं तर प्रश्न के हो भने यो परिवर्तन यति छिटो भयो कि हामी सांस्कृतिक, सामाजिक रुपान्तरणलाई बिर्सन पुग्यौं । सामाजिक र सांस्कृतिक कार्यमा हामीले सिन्का पनि भाँचने प्रयास गरेनौं । त्यसैकारण अहिले हाम्रो सामाजिक संरचना, अर्थतन्त्रको संरचना, पारिवारिक संरचना, पार्टीगत संरचना, प्रशासनिक संरचनाहरु सबै ध्वसत भयो । किनभने हामीले त्यसलाई सुधार गर्ने, सांस्कृतिक, सामाजिक रुपान्तरणलाई डोरीले बाँधेर लाने र राजनीतिक रुपानतरणको साथ साथै त्यसलाई संगै लैजाने काम हामीले गरेनौं । जसले गर्दा दलालीकरण, दास मनस्थीति हावी भयो । त्यसतै किसिमको शिक्षा ल्याएउ र हामीले युवा पुस्तालाई हुर्काएउँ । अनि अहिले हामी युवा पुस्ताको भूमिका के हो ?, युवा पुस्ताको भविष्य के हो ?, युवा पुस्ता किन निष्क्रिय छन् ? खाजिरहेका छौं । हाम्रो समस्याको जड त्यहाँ हो ।

मैले अगाडि अर्थतन्त्रको कुरा गर्दै थिँए । ४८ सालमा राम शरण महतले जुन बिउ रोपेका थिए त्यसको फल अहिले एमसीसी मार्फत फल्दैछ । हामीले त्यसरी बुझनुपर्छ । हो नेपालले उदार अर्थनीति पञ्चयात कालमा नै निर्णय गरेको हो । प्रकाशचन्द्र लोहनी लगायत हुदाँ गरिएको हो । तर त्यसलाई संस्थागत गर्ने, त्यसलाई कार्यान्वयन गर्ने, र रातो कार्पेट राखेर स्वागत गर्ने रामशरण महत हुन् । उनका अनुनायीहरुले नै अहिले अर्थतन्त्रलाई बिषाक्त बनाइरहेका छन् ।

अर्को कुरा, हाम्रो राजनीतिक पद्धति, राजनीतिक परिवर्तन हामीले संस्थागत गर्दै गरेनौं । त्यो सबैलाई थाहा भएको कुरा नै हो । राजनीतिक पद्धतिलाई संस्थागत गर्नुका सट्टा हामी समानुपातिक, समावेशी विभिन्न सिमान्तकृत महिला, दलित, जनजाती समुदायको नाममा जुन राजनीति गर्यौं र जसरी एउटा स्पेस क्रिएट गर्न खोजेका थियौं त्यो सबै हामीले लिलाम ग¥यौं । त्यो लिलाम गर्दाखेरिको अहिलेको स्थिति भनेको सिंहदरबार र बालुवाटार दलालहरुको अखडा बन्न पुग्यो । अहिलेको स्थीति यस्तो छ अनि हामी भनिरहेकाछौं हाम्रो राजनीति दुषित भयो, हामीले बाटो बिराएयौं, हामी फुटेयौं, हामीले युवालाई आकर्षीत गर्न सकेनौं, हामीले हाम्रा मुद्धा बिर्सन लाग्यौं भनेर चिन्ता गर्छौं । हामीले गल्ती गरिसकेका छौं । हामीले राजनीतिक कार्यकर्ता आलोचनात्मक चेत नभएको दास जन्माएउ र दलाल नेताहरु भित्रायौं । दलालहरु भित्राएर, राष्ट्रिय योजनाहरुको हालत कस्तो छ अहिले ? हामी समाजवाद उन्मुख समृद्धिका कुरा गर्छौं , समाजवाद उन्मुख अर्थतन्त्र भन्छौं, उत्पादनका साधन भन्छौं हामी त्यता जाने भनेर संविधानले भनेको छ । संविधानले भन्यो, समझौतको एउटा दस्तावेज पास भयो । त्यसपछि हामीले त्यसलाई बिर्सेउ, लागु गर्ने तर्फ हेरेनौं । अहिलेको स्थीति यस्तो छ । अब यसको दोष कसलाई दिने ? यो त ३०÷४० वर्ष देखि नेतृत्व गर्दै आइरहेकाहरु दोष होइन् र ? त्यो नेतृत्वमा खिया लागेर त्यसमा धार नै छैन । त्यो धार नभएपछि उसले आलोचनात्क चेत राख्ने, विकास र समृद्धिका कुरा, अग्रगमनका कुरा गर्ने चेतना हुने भएन । जता व्यक्तिगत फाइदा हुन्छ, समावेसिताको नाममा आफ्नो पारीवारिक गठबन्धन, सिमानतकृतको नाममा दलालहरु भित्राउने काम उसले गर्ने भयो । संविधानमा हामीले जुन खालको प्रावधान गरेका छौं त्यसलाई सब लाभका पदहरुमा लिलाम गरिएका छौं । त्यो लिलाम गरेको अहिलेको परिणाम भनेको हाम्रा सरकारी निकायहरु, हाम्रा आयोगहरु, अदालत यी सबै विषाक्त हुन पुगे ।

मलाई लाग्छ, यदि आज देखि हामीले दलालीकरण र लाभका पदहरु लिलाम गर्न सकेमा सम्भवत अबको १० वर्षपछि मात्रै हामीले केही सुधार पाउन सकिन्छ । किनभने अहिले देखि लिएर अबको १०÷१५ वर्षसम्म सबै सेटिङ गर्ने काम र बेच्ने काम भैसकेको छ ।

महिलाको स्थीति हेर्ने हो भने दिनदिनै यौनहिंसा र बलात्कारका घटनाहरु घटिरहेका छन् तर खै कहाँ छ महिला आयोग ? हामीले पञ्चयात विरुद्धको राजनीति गर्दा हामीले दरबारका महिलाहरुलाई दास भन्ने गर्थेउ । महिला संगठनलाई श्रीमति संगठन भन्थेउ, विद्यार्थी संगठनलाई छोराछोरी संगठन भन्थेउ, के अब हामी फेरि त्यो स्थितिमा पुगेको हो ? के महिला आयोग, पार्टीका महिला संगठन अब श्रीमति, छोरी संगठन भएका हुन् ? होइनन् भने उनीहरको कार्यदिशा के हो ? महिलाको मात्रै होइन्, विद्यार्थीका,े युवाको, मजदुरको सबै संगठनहरुमा समस्या छ । किसानहरु फेरि मल नपाएर आन्दोलन गर्न काठमाडौं आउने होलान् । हिजो मजदुर आन्दोलनको नेतृत्व गर्नेहरु अहिले साहु भएका छन् । स्थीति यही हो हाम्रो ।

एउटा मुख्य कुरा के हो भने, हामी राजनीतिक रुपमा विचलित भएपछि, सैद्धानितक राजनीतिबाट टाढा पुगेपछि, लक्ष्यबाट फरक मोड तिर लागेपछिको सरकार हामीले चलाए पनि नचलाएपनि जो सुकै सरकारमा आएपनि अहिलेको नेपालको वास्तविकता यही हो । परराष्ट्र नीति भताभुङ भयो र अहिले चाहेर पनि हामीले त्यसलाई ठीक ठाँउमा ल्याउन सकिदैन । राजनीतिक परिवर्तन र सांस्कृतिक रुपान्तरणलाई संगसंगै लान नसक्दा यो छताछुल्ल स्थिति बनेको हो ।

अन्तीममा मेरो प्रश्न नेतृत्वमा भएकाहरुलाई हो । अबको विकल्प के हो ? वामपन्थीहरु सबैको एकता हुनुपर्छ तर एकताको नेतृत्व कसले गर्ने ? खिया लागेका नेतृत्वले या अबको नयाँ पुस्ताले गर्ने ? यदि हामीले अब पनि कम्युनिष्ट आन्दोलनको नेतृृत्व वोधो र खिया लागेका नेतृत्वलाई दिने हो भने हाम्रो अवस्था सधैं यस्तै हो ।