टिकाराम नेपाली पक्राउ प्रकरण : होटलको कोठा भित्र कपडा च्यातिएको अवस्थामा थिइन् युवती !

दियो पोस्ट  

 

काठमाडौं । काठमाडौंको ठमेलचोकस्थित एक होटल धादिङ्ग घर भएका नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवा संघ नेपालको सचिवालय सदस्य टिकाराम नेपाली सँधै जसो गइरहन्थे । सँधैझै उनले विहिबार पनि रुम नम्बर २०८ बुक गरे । उनी पुगेको केहीबेरमा एक युवती पनि आइन् । ती युवतीसँग विवाहेत्तरको सम्बन्धमा रहेका टिकरामले विहिबार भने सोचेभन्दा फरक घटना भोग्नु पर्यो । सँधै जसो उनीसँग यसरी नै होटलमा रात विताउँदै आएकी थिइन् । तर, विहिबार भने अनौठो घटना भयो । ती युवती आएको केहीबेरमै होटलमा प्रहरीले घेरा हाल्यो ।
साँझ करिब ७ बजेतिर युवतीले प्रहरीलाई बोलाएपछि प्रहरीले नेपालीलाई पक्राउ गर्यो । प्रहरी त्यहाँ पुग्दा होटलको कोठामा भद्रगोल थियो । युवती चिच्याउँदै थिइन् । उनको कपडा च्यातिएको थियो ।
विभिन्न ठूला दलका नेतासँग राम्रै उठबस भएका नेपाली यस्तो अवस्थामा पक्राउ परेपछि पर्यटन क्षेत्रमा तरंग भएको छ । यसअघि नेकपा एमाले निकट पर्यटन मजदुर संगठन हुँदै हाल नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य रहेका नेपाली विवाहित हुन् । उनको दुई सन्तान समेत रहेको पाइएको छ । ‘उहाँको केही महिना अघि मात्रै एउटा छोरोको पास्नीमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वगृहमन्त्री वामदेव गौतमसहित उच्च तहका नेताहरु सहभागी भएका थिए,’ उनी निकट एक व्यक्तिले भने,‘बलात्कार जस्तो जघन्य घटना सार्वजनिक भएपछि परिवारतमा ठूलो बज्रपात भएको छ । हामी पनि पत्याउन सकिरहेका छैनौँ ।’
घटना थाहा पाएपछि होटलमा छोरासहित पुगेकी उनकी श्रीमती त्यहीँ बेहोस् भएको होटलका कर्मचारीले बताए । ‘उहाँ आउनु भयो । हामीलाई पनि सोध्नु भयो । ती युवतीसँगको सम्बन्धबारे केही समयअघि सामाजिक संजालमा पनि सार्वजनिक गरेको बताउनु भयो,’ ती कर्मचारीले भने,‘हिजोको घटना थाहा पाउने वित्तिकै बेहोस् हुनु भयो ।’
अनुसन्धानमा समलग्न प्रहरीका अनुसार नेपाली ती युवतीसँग केही वर्षअघि देखि सम्बन्धमा थिए । उनीहरुबीचको विवाहेत्तरको सम्बन्धमा समेत उतारचढाव आएपछि यस्तो घटना भएको ती अधिकारीको भनाई छ । विहिबार पक्राउ परेको होटलमा ती युवतीसहित नेपाली पटक पटक जाने गरेको समेत अनुसन्धानमा खुलेको छ ।