प्रतिनिधि सभाको बैठक बस्दै, राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ५ विधेयक प्रस्तुत हुने

diyopost.com
दियो पोस्ट  मंगलबार, साउन १७, २०७९ | १०:५८:२२

काठमाडौं । आज संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक बस्दै छ । दिउँसो १ बजे संघीय संसद भवन बस्ने सो बैठकका लागि सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ । जसअनुसार ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, स्टान्डर्ड नाप र तौल पाँचौँ संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि संघीय संसद सचिवालयले सावर्जनिक गरेको छ ।

सम्बन्धित खबर