रेडियो नेपालको समाचार प्रमुख दाहाल नेकपा एमालेको प्रचार विभाग सदस्य : अख्तियार लाग्न सक्ने !

diyopost.com
दियो पोस्ट  बिहिबार, साउन १९, २०७९ | १६:४३:३०

काठमाडौं । मुलुककै पुरानो तथा सरकारको एकमात्रै रेडियोको रूपमा परिचित संचार माध्यम हो रेडियो नेपाल । तर, सरकारी संचार माध्यम भएपनि रेडियो नेपाल पछिल्लो समय नेकपा एमालेको प्रचार विभाग जस्तो बनेको छ । रेडियो नेपाल जस्तो गरिमामय संस्था, स्वतन्त्र र निश्पक्ष हुनुपर्ने भएपनि एमालेकै प्रचारप्रसार विभागका सदस्य रहेका प्रमोद दाहाल रेडियो नेपालको समाचार प्रमुख छन् । दाहालका कारण रेडियो नेपालले प्रशारण गर्ने समाचार सामाग्रीमाथि प्रश्न उठ्न थालेको छ ।

२००७ साल चैत्र २० गते स्थापना भएको रेडियो नेपाल ७२ बर्ष पूरा भैइसकेको छ । अझ यसलाइ ब्यवस्थित बनाउन सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत २०४१ सालमा रेडियो प्रसार सेवा विकास समिति गठन आदेश जारी गरिएको थियो । समय सान्दर्भिक बनाउन रेडियो प्रसार सेवा विकास समिति गठन ९दोस्रो संशोधन० आदेश २०५१ मा जारी गरिएको थियो । जस अनुसार रेडियो प्रसार सेवा समिति कर्मचारी सेवा शर्त नियमावली २०७७ जारी गरिएको छ । जसमा प्रष्ट रूपमा कर्मचारीले के गर्न पाइने के गर्न नपाइने भन्ने स्पष्ट छ ।

के छ नियमावलीमा ?

नियमावलीको परिच्छेद १० मा आचरण भन्ने ब्यवस्था छ । जसमा दफा १२५ मा “राजनैतिक वा अवाञ्छित गतिविधिमा प्रभाव पार्न नहुने उल्लेख छ । त्यस्तै दफा १२६ मा कर्मचारीले राजनीतिमा भाग लिन नहुने उल्लेख छ । अझ दफा १५१ मा सेवाबाट हटाउने वा बर्खास्त गर्ने उल्लेख छ । जसको ’ङ’ मा राजनीतिमा भाग लिएमा स्वत वर्खास्त हुने वा हटाउन सक्ने प्रावधान रहेको छ ।

अब प्रश्न उठ्छ– एमालेको प्रचार प्रसार विभागको प्रमुख स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरूङ छन् । उनकै नेतृत्वको प्रचार प्रसार विभाग नेकपा एमालेको २०७८ माघ १९ गते बसेको स्थायी कमिटीले सदस्यहरू विस्तार गरेको थियो । जसमध्ये एक हर्ताकर्ता सदस्य हुन्– प्रमोद दाहाल । जो रेडियो नेपालमा आठौं तहमा कार्यरत छन् भने समाचार विभागमा रिपोर्टिङ प्रमुखको रूपमा काम गरिरहेका छन् ।

दाहालले रेडियो प्रसार सेवाका सबै गठन आदेश र नियमावली लत्याएर कसरी सरकारी पैसा बुझिरहेका छन् ? भन्ने प्रश्न रेडियो नेपाल भित्रै उठ्न थालेको छ । दाहाल यसअघि प्रचार विभागको संयोजक प्रदीप ज्ञवाली रहँदा पनि सदस्य नै थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे उनीमाथि कारबाही हुनसक्ने रेडियो नेपालकै कर्मचारीहरु बताउँछन् ।

सम्बन्धित खबर