काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा अवतरण गरेका छन् । ५ दिने जापान भ्रमणका लागि शुक्रबार नेपालबाट जापान तर्फ उडान गरेका उनीसहितको टोली शनिबार विहान जापान पुगेको हो ।
विमानस्थलमा उनलाई स्वागत गर्न जापानस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदी पुगेका थिए । नेपाली जनसम्पर्क मञ्च जापानको निमन्त्रणामा त्यहाँ पुगेका उनी विभिन्न कार्यक्रममा भाग लिनेछन् । प्रचण्डसँगै प्रमुख स्वकिय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल र प्रेस सहयोगी सुर्य किरण जापान पुगेका छन् ।