काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मदिरा पिएर प्रहरीमाथि हातपात गरेका छन् । हिजो मंगलबार राती बानेश्वरमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा मदिरा पिएको भेटिएपछि उनी आफू पत्रकार भएको भन्दै फरार भएर घरसम्म पुगेका थिए । उनलाई ट्राफिक प्रहरीले घरबाटै नियन्त्रणमा लिएपछि उनले प्रहरीलाई नै हातपात गरेको भिडियोमा प्रष्ट देखिन्छ ।
ट्राफिक प्रहरीले भिडियो खिचेपछि उनले प्रहरीमाथि नै हातपात गरेको देखिन्छ । स्रोतका अनुसार लम्साललाई हिजो बेलुका पक्राउ गरि बानेश्वर बृत्तमा राखिएको थियो । तर, आज बुधबार विहानै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा उनलाई छाडिएको स्रोतले जनाएको छ ।
करिब एक महिना अघि मात्रै हेटौंडामा सम्पन्न प्रेस युनियनको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका लम्साल कांग्रेस भित्र शेखर कोइराला र गगन थापा निकट मानिन्छन् ।
