अखिल क्रान्तिकारीका नेता भूमिराज अधिकारी जग्गा ठगी आरोपमा कारागार चलान !

दियो पोस्ट  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू अखिल क्रान्तिकारीका नेता भूमिराज अधिकारी ठगीको आरोप लामो सयदेखि गुपचुप रुपमै जेलमा रहेको खुलेको छ । उनलाई जग्गा ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले केही महिना अघि पक्राउ गरी अनुसन्धान गरेको थियो ।

प्रहरीको अनुसन्धान पछि ठगीमा जेल सजाय माग गर्दै सरकारी वकिल कार्यालय महोत्तरीमा पेश गरेको थियो । सरकारी वकिल कार्यालयले उनलाई कैद सजाय माग गर्दै जिल्ला अदालत महोत्तरीमा पेश गरेको थियो । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि महोत्तरीस्थित जिल्ला कारागार बर्दिबासमा लामो समयदेखि राखिएको हो । गुपचुप रुपमा जेलभित्रै सजाय भोगिरहेका अधिकारी शक्ति केन्द्रको आडमा धरौटीमा छ्ुट्ने प्रपन्चमा छन् ।

यसअघि पनि प्रहरीमा नाम निकालिदिन्छु भन्दै केही व्यक्तिसँग रकम अशुली गरेको आरोप लागेको थियो। उनले आफूलाई कहिले बानेश्वर बहुमुखी क्याम्पसको अध्यक्ष त कहिले प्रवक्ता भन्दै नाम बेचेर पैसा असुली गरेका थिए ।

साथै बानेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय चौथो वर्ष अध्ययनरत २ जना छात्रहरुबाट नेपाल अनुसन्धानको प्रहरीमा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ रकम लिएको आरोप लागेको थियो । पटक–पटक यस्तो आरोप लागेपछि सोही अभियोगमा संगठनले निलम्बन समेत गरेको पाइएको थियो ।

अखिल क्रान्तिकारीका नेतामाथि ठगीको आरोप : गुप्तचरमा जागिर लगाइदिन्छु भन्दै अशुली !