अखिल क्रान्तिकारीका नेतामाथि ठगीको आरोप : गुप्तचरमा जागिर लगाइदिन्छु भन्दै अशुली !

diyopost.com
दियो पोस्ट  बुधबार, साउन २७, २०७८ | २३:५४:३८

काठमाडौं, २७ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका नेतामाथि ठगीको आरोप लागेको छ । उनलाई सोही अभियोगमा संगठनले निलम्बन समेत गरेको भेटिएको छ ।


अखिल क्रान्तिकारीको बानेश्वर बहुमुखि क्याम्पसका सदस्य रहेका भूमिराज अधिकारीले संगठनको विधि विधान विपरित प्रहरीमा नाम निकालिदिन्छु भन्दै केही व्यक्तिसँग रकम अशुली गरेको आरोप छ ।

उनले सामाजिक सञ्जालमा आफू बानेश्वर क्याम्पसको प्रवक्ता भएको भन्ने झूटो विवरण राखेको समेत संगठनको आरोप छ । उनले आफूलाई कहिले बानेश्वर बहुमुखी क्याम्पसको अध्यक्ष प्रवक्ता भन्दै नाम बेचेर पैसा असुली गरेको आरोप छ ।


बानेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय चौथो वर्ष अध्ययनरत २ जना छात्रहरुबाट नेपाल अनुसन्धानको प्रहरीमा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ रकम लिएको समेत संगठनले लगाएको छ ।

उनले २०७७ माघ २५ ग ते २ लाख बुझेको र काम सम्पन्न भएपछि थप २ लाख २० हजार दिने शर्तमा डिल गरेको आरोप छ ।

त्यस्तै सिन्धुली जिल्लाको छात्रलाई त्रिविको स्नातक तह पास गराइदिन्छु भन्दै ७० हजार लिएको पीडितहरुको बयानलाई उल्लेख गरि निलम्बन पत्रमा उल्लेख छ । पीडितहरुले प्रमाण सहित निवेदन दिएको कारण उनीमाथि अध्यक्ष नवीन शाहीले निलम्बन गरेका हुन् ।


यस विषयमा प्रतिक्रिया लिन अध्यक्ष नविन शाहीको नम्बरमा फोन गर्दा उनले आफूहरुले पैसा लिएको प्रमाणको आधारमा निलम्बन गरेको जानकारी दिए ।

सम्बन्धित खबर