छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा ८ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा लावारिस अवस्थामा  ८ जनाको शव फेला परेको छ । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–१ सुन्दरीजल ओख्रेनीमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३२ वर्षीया भिम कुमारी राई रहेकी छिन् । सोही ठाउँस्थित आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी हुन् ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका–१४मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा जिल्लाको महानगरपालिका–१४ सेती दोभान बस्ने ७३ वर्षीय ईन्द्र जिसि रहेका छन् । सोही ठाउँको भोटेचौतारास्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५५ वर्षीय अरमान नाउ मुसलमान रहेका छन् । सोही ठाउँस्थित तेलार खोलामा शनिबार उनी मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानी थाङदीस्थित लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा साही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । सोही ठाउँस्थित सेती नदीको किनारमा उनी मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी रामेछापको मन्थली नगरपालिका–१ हाटेचौरस्थित लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन खुल्न नसकेको अन्दाजी २२ वर्षीय पुरुष रहेका छन् । साेही ठाउँस्थित तामाकोशी नदीको किनारामा उनी मृत अवस्थामा फेला परेका हुन् ।

सथै सर्लाहीको मलंगवा नगरपालिका–९ मा लावारिस अवस्थामा एका जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन खुल्न नसकेको अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । सोही ठाउँस्थित कृष्णमती माध्यमिक विद्यालयको बराण्डामा मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी मकवानपुरको भिमफेदी गाउँपालिका–८ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन खुल्न नसकेको अन्दाजी १७ वर्षीया किशोर रहेकी छिन् । सोही ठाउँको माण्डुस्थित बागमती खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।

साथै रोल्पाको सुनछहरी गाउँपालिका–७ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुल्न नसकेको शव रहेको छ । सोही ठाउँको खागलास्थित भिरमा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।