काठमाडौं । नेपालको पर्यटन पवद्र्धन गर्ने प्रमुख निकाय मध्ये एक हो नेपाल पर्यटन बोर्ड । तर, पर्यटन प्रवद्र्धनको महत्वपूर्ण अभिभारा बोकेको पर्यटन वोर्डकै कर्मचारीले विदेशी नागरिकलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । बोर्डका कर्मचारीले विदेशी नागरिकलाई मात्रै होइन नेपाली नागरिकमाथि समेत दुर्व्यवहार गरेको आरोप छ ।
बोर्डका कर्मचारी गोविन्द वलीले कार्यालयको भान्छामा काम गर्ने एक युवतीमाथि यौन शोषण गरेको आरोप छ । उनले ती युवतीलाई जागिरको प्रलोभन देखाएर पटक–पटक यौन शोषण गरेको पीडितको भनाई छ ।
बार्डकै अर्का कर्मचारीले एक विदेशी महिलालाई यौन दुव्र्यवहार गरेको खुलेको छ । बोर्डको उच्च पदस्थ मध्येका सुमन घिमिरे सन् २०१८/१९ मा चिन भ्रमणमा रहँदा एक कोरियन नागरिकलाई यौन शोषण गरेको आरोप छ । उनले घटाएको यो व्यवहारका कारण माथिल्लो निकाय मात्रै होइन दूतावासलाई सम्म जवाफ दिनु परेको थियो ।
बोर्डका निर्देशक मणिराज लामिछानेले आफ्नो कार्यलयभित्र महिला कर्मचारीमाथि यौन हिंसात्मक क्रियाकलाप गर्दै आएका स्रोतले बताएको छ । योसँगै लामिछानेले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध (आइआर) विषय अध्ययन गर्ने क्रममा विदेशी सहपाठी छात्रालाई समेत यौन हिंसा गरेको आरोप छ ।
यस विषयमा प्रतिक्रिया लिन बोर्डका कर्मचारी गोविन्द वलीलाई सम्पर्क गर्दा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताए । “यो सारसर गलत कुरा हो । कसैले रचेको साजिस हो । मलाई यसबारे केही थाहा छैन,” वलीले भने,“मसँग व्यक्तिगत रिसिइबी भएका व्यक्तिहरुले मेरो चरित्र हत्या गर्न यस्तो घामड कुरा गरेको हुनु पर्छ ।”
उनी बार्डमा विगत २० वर्षदेखि कार्यरत कर्मचारी हुन् ।
आरोप लागेका समुन घिमिरेले पनि आफुमाथिको आरोप गलत भएको दाबी गरेका छन् । उनले भने,“यो म माथिको झुटो आरोप हो । यो गतल कुरा कसरी आयो ? यो मिस अन्टरस्टान्डिङ हो ।”
यता निर्देशक लामिछाने भने आफूमाथिको आरोप कल्पना भन्दा बाहिरको रहेको दाबी गर्छन् । “यो कुरा कल्पनाभन्दा बाहिरको कुरा हो । यस्तो नचाहिने कुरा कसरी बाहिर आयो ? कुनै विदेशी छात्रामाथि मैले यस्तो काम गरेको छैन । हाम्रो कार्यलयमै खासै महिला कर्मचारीहरु छैनन् । त्यसमाथि आफ्नै काम भ्याईनभ्याई हुन्छ । यो सरासर गलत कुरा हो । ” उनले भने ।