सत्तारुढ दलको समाजवादी मोर्चाले सातवटै प्रदेशमा घोषणासभा गर्ने निर्णय गरेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले यही ८ भदौदेखि २५ भदौसम्म सातवटै प्रदेशमा मोर्चाको घोषणासभा आयोजना गर्ने जानकारी दिएका छन् ।
मोर्चाको पहिलो कार्यक्रम ८ भदौमा मधेस प्रदेशबाट हुनेछ ।
लुम्बिनीको बुटवलमा भदौ १२ गते, सुदूरपश्चिमको धनगढीमा भदौ १३ गते र कर्णालीको सुर्खेतमा भदौ १४ गते मोर्चा घोषणाको प्रदेशस्तरीय घोेषणासभा हुँदैछ । त्यसतै, भदौ १५ गते गण्डकीको पोखरामा, भदौ २३ गते बाग्मतीको हेटौंडामा र भदौ २५ गते कोशीको विराटगनरमा मोर्चाको प्रदेशस घोषणा कार्यक्रम हुन लागेको हो ।
नेकपा एसको केन्द्रीय कार्यालयमा बसेको बैठकले मोर्चालाई अझै सशक्त बनाएर लाने निर्णय गरेको जानकारी पनि महासचिव विप्वलले दिए ।