
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र नबिल बैंकले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् ।
भारतको प्रतिष्ठित व्यापारिक संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा आयोजना गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स-२०२६ जितेको हो ।
नबिल बैंकले वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक’अवार्ड जितेको हो भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ ‘बेस्ट डेभलपमेन्ट बैंक’ अवार्ड प्राप्त गरेको हो ।
शाइन रेसुङ्गाले यससँगै ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी थप दुई विधामासमेत गर्दै एकैपटक तीनवटा अवार्ड प्राप्त गरेको हो ।
बैंकका अनुसार यो उपलब्धिलाई नेपालको बैंकिङ क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।