काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सुधार भएको छ । यस दिन परिसूचक ४।८७ अंकले बढेर १२०८ बिन्दूमा पुगेको छ ।
कुल १६७ कम्पनीको ८ लाख ५० हजार कित्ता शेयर २४ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार एनआईसी बैंकको सबैभन्दा बढी २ करोड ३६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समग्र परिसूचक बढेको दिन सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९.९४ अंकले बढेको छ , त्यस्तै आधीखोला लघुवित्त कम्पनीको शेयर मूल्य पनि ९.८९ अंकले बढेको छ । सबैभन्दा बढी गुमाउने सिटी एक्सप्रेस फाइन्नास रहेको छ ।
मंगलबार कारोबारमा आएका समूहमध्ये होटल र निर्जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् ।