तेक्वान्दो युनियनका पदाधिकारी तेक्वान्दो संघमा प्रवेश

दियोपोस्ट संवाददाता

काठमाडौं, १७ साउन । राष्ट्रिय तेक्वान्दो संघ (युनियन)का पदाधिकारीहरु नेपाल तेक्वान्दो संघमा प्रवेश गरेका छन् । शनिबार संघको केन्द्रीय कार्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा द्वारिका खयरमली, कृष्णसिंह कपाली लगायत खेलाडीहरु प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई संघका अध्यक्ष प्रकाश सम्शेर राणा तथा महासचिव दिपराज गुरूङ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी, प्रदेश महासचिव हरिहर ढुङ्गाना लगायतले खादा र टिका लगाएर स्वागत गरेका थिए ।


कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष राणाले संघले कसैलाई पनि पक्षपात नगरिने भन्दै सबैलाई तेक्वान्दो खेलको विकासमा लाग्न आग्रह गरे ।

महासचिव दिपराज गुरूङले तेक्वान्दो संघ सबै तेक्वान्दो खेलाडीहरूको मुल घर भएको बताउँदै बाटो बिराएर हिँडेका सबैलाई आश्रय दिने बताए ।


कार्यक्रमको अध्यक्षता गरेका वागमती प्रदेश अध्यक्ष केशव पुरीले प्रवेश गर्नेहरुलाई पक्षपात नगरी तेक्वान्दोको विकासमा लाग्ने र त्यसले परिणाम समेत देखाउने बताए ।

सम्बन्धित खबर