काठमाडौँ उपत्यकामा एकैदिन ३१ जनामा कोरोना संक्रमण

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १८ । आइतबार काठमाडौँ उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा काठमाडौँमा २२, ललितपुरका ८ र भक्तपुरका १ जनासहित कुल ३१ जनामा कोरोना पुष्टि भएको हो ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालभर थप २४६ जना संक्रमित देखिएको जानकारी दिएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ । आइतबार नै १ सय ११ जनाले कोरोन जितेका छन् । निको हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।

सम्बन्धित खबर