सिन्धुपाल्चोकको मेलम्ची बजारमा ढिस्को खसेर भिषण पहिरो, ८ जना मजदुर बेपत्ता !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता
सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका स्थित मेलम्ची बजारमा भिषण पहिरोका कारण ८ जना मजदुर बेपत्ता भएका छन् ।


बेपत्ता मध्ये १ जनाको भने जिवित उद्दार भएको पूर्व कानुनमन्त्री शेर बहादुर तामाङले जानकारी दिएका छन् ।


मेलम्ची बजारमा रहेको पिपलबोट भन्दा अलि पर ढिस्को खसेर सुतिरहेका ९ जना मजदुर बेपत्ता भएका थिए ।

बेपत्ता हुनेहरुमा मजदुरी काम गरिरहेका मधेसका नागरिक रहेको समेत पाइएको छ । उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको खोजी कार्य जारी राखेको छ ।

सम्बन्धित खबर