गुण्डानाइके रोज राणा विरुद्ध प्रहरीमा जाहेरी, राणाको आक्रमणबाट युवाको हात भाँचियो !

दियोपोस्ट संवाददाता

काठमाडौं, १९ साउन । चलचीत्र निर्माताको रुपमा परिचित गुण्डा नाइके सरोज थापा उर्फ रोज राणा विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको छ । राणाले राजधानीमा एक युवालाई सांघातिक आक्रमण गरेको खुलाशा भएको छ ।


काभ्रे घर भएका प्रकाश पाठकसँग रेष्टुरेन्टमा लगानी गर्न भन्दै १८ लाख रुपैयाँ लिएर हालसम्म पनि रकम नदिएपछि पाठकले आफ्नो पैसा फिर्ता मागेका थिए । तर, पैसा फिर्ता दिनुको सट्टा राणाले गुण्डागर्दी शैलीमा सांघातिक आक्रमण गरेको पाइएको छ ।


राणाले काठमाडौं स्थित रातोपूलको सडकमा पाठकमाथि सांघातिक आक्रमण गरेका हुन् ।

गत साउन १७ गते राती पाठक रातोपूलको सडकम हिँडिरहेका पाठकमाथि राणाले आक्रमण गरेको पीडित पाठकको आरोप छ । राणाले सरोजको हात भाँचिदिएको जाहेरीमा उल्लेख छ ।
चलचीत्र निर्माणमै समलग्न पाठकसँग बानेश्वरको रेष्टुरेन्ट विक्रीमा छ भन्दै राणाले बैनाबापत १८ लाख रुपैयाँ लिएर उक्त रेष्टुरेन्ट अन्य व्यक्तिलाई बेचेको थापाको आरोप छ ।


गत साउन १७ गते चलचीत्र निर्माता आकाश अधिकारीसँग पाठकले आफ्नो रकम रोज राणाले खाइदिएको कुरा सुनाएका थिए । सोही विषयमा आक्रोशित राणले पीडित पाठकलाई टेलिफोन गर्दै

‘आकाश अधिकारीलाई रेष्टुरेन्ट विक्रीको कुरा किन गरिस् । तँ खातेलाई भोली घोँक्रेठ्याक लगाउन सकिन भने मेरो नाम रोज राणा होइन । तँ सँग मेरो कुनै लेनदेन छैन’ भनेर धम्काएका थिए ।


गुण्डा नाइके राणा यसअघि समेत विभिन्न आपराधीक घटनामा समलग्न थिए । प्रहरीका उच्च अधिकारीसँग हिमचिम भएका राणालाई राजनीतिक संरक्षण समेत रहँदै आएको छ ।

अपडेट

रोज राणा भन्छन्,‘मैले चाहीँ जाहेरी हालेको छु’


दियोपोष्टको सम्पर्कमा आएका सरोज थापा ‘रोज राणा’ले घटनाबारे आक्रमणको घटनाबारे यसरी विवरण सुनाएका छन् ।


२०७० सालमा मेरो बानेश्वरको रोज मेरी भन्ने रेष्टुरेन्ट ४२ लाखमा डिल गरेर राजु भन्ने मान्छेले ४ लाख २५ हजार दिएको थियो । म ७० सालमा चुनाव लड्ने कुरा थियो । मेरो रेष्टुरेन्ट उहाँले चलाउनु भयो । २ महिनापछि ५ लाखको चेक दिनु भयो । त्यो चेक साटिएन। उहाँले आजभोली भन्दै ८ महिनासम्म रेष्टुरेन्ट चलाएर बन्द गरेर हिँड्नु भयो । मैले घरबेटीलाई मात्रै २२ लाख रुपैयाँ भाडा तिर्न बाँकी हो । पछि मैले घरबेटीलाई राखेर राजु भन्नेलाई पनि राखेर रेष्टुरेन्ट र घरभाडा विवाद मिलाएर हिँडेको हो ।


अस्ति मेरो घरमा राती सवा १० बजे केही गड्याङ सुने जस्तो भयो । मैले झ्याल खोलेर हेरेँ । तलतिर धेरै मान्छे जम्मा भइसकेको रहेछ । म पनि तल झरेँ । त्यहाँ रोज राणा बस्ने यहीँ होइन । यसलाई काट्छु मार्छु भन्दै २ चार जना मानिसहरु आएका थिए भन्दै त्यहाँको एक जना भाइले सुनायो । मैले प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेँ । १०० को सर्कुलरको आधारमा कमलपोखरीको डिएसपी सापसँग कुरा गरेँ । केहीबेरमै पुलिस आयो । टोलको सबै मान्छे छ । सिसिटिभी पनि छ । म घरमा छिरेपछि मलाई फोन आयो,‘तपाईं कहाँ हो । म भर्खर आएको थिएँ ।’ त्यसपछि मैले उसलाई भनेको थिएँ,‘तेरो गाडी नम्बर फाइन्ड आउट भइसकेको छ । मलाई घरमा राती आएर यसरी आक्रमण गर्न आइस् भोली तलाइँ पुलिस लगाएर घोक्रेठ्याक लगाउँछु ।’

मैले बोलेको यत्ति हो । म विहान कमलपोखरी डिएसपीकोमा गएँ । त्यसपछि टेकु गएँ । र फेरी कमलपोखरीमै आएर उजुरी दिएँ ।

घटना यत्ति हो । मेरो एउटा छोरो छ ७ वर्षको उसको कसम मैले त्यो मान्छेलाई देखेको छैन । मैले हात भाँच्ने हान्ने कुट्ने छाडुम देखेको मात्रै रहेछु भने म यो पृथ्वीमा एक मिनेट पनि रहन्न ।

सम्बन्धित खबर