प्रधानमन्त्री ओली निकट रघुवीर महासेठको जन्मदिन मनाउन भारतीय राजदूत भैसेपाटीमा !

दियो पोस्ट  

काठमाडौं,२२ साउन । नेकपाका सांसद एवं पूर्वमन्त्री रघुवीर महासेठको जन्मदिन मनाउन भारतीय राजदूत विनय मोहन क्वात्रा महासेठको निजी निवास भैंसेपाटी पुगेका छन् । पूर्व मन्त्री महासेठ विवादास्पद रशियन व्यापारी उपेन्द्र महत्तोको वहिनी ज्वाई हुन् ।

महत्तोकी वहिनी जुली महत्तो नेकपाको नेतृ पनि हुन् । नेता महासेठ भारतीय लगानीको युटीएलको २० प्रतिशत लगानी गर्ने नेपाली साझेदार पनि हुन् ।

उनको जन्मोत्सवको अवसरमा शुभकामना दिन विहीवार दिउँसो राजदूत क्वात्रा महासेठको निवास भैंसेपाटी पुगेको स्रोतले जनाएको छ ।


नेकपा भित्र पछिल्लो समिकरणमा वामदेव गौतम ओली तर्फ लागेपछि महासेठको निवासमा भारतीय राजदूत पुग्नुलाई रहस्यमयी रुपमा हेरिएको छ ।