बिएण्डबि अस्पतालमा सुरु भयो पिसिआर टेष्ट, ५ हजार ५ सयमा परीक्षण हुने !

बिएण्डबि अस्पतालमा सुरु भयो पिसिआर टेष्ट, ५ हजार ५ सयमा परीक्षण हुने !

काठमाडौं, २३ साउन । निजी क्षेत्रको बिएण्डबी अस्पतालले पनि कोभिड–१९ को पिसिआर परीक्षण सुरु गरेको छ ।

साउन २३ गते शुक्रबारबाट अस्पतालले शुल्क लिएर यस्तो सेवा सुरु गरेको छ ।
नेपाल सरकारले तोकेको अधिकतम ५ हजार ५ सय रुपैयाँ शुल्क लिएर आरटी पिसिआर परीक्षण सुरु गरेको अस्पतालले जनाएको छ ।

स्वाब संकलन गरेको ५ घण्टाभित्रै रिपोर्ट दिने गरी पिसिआर परीक्षण सुरु गरिएको बिएण्डबि अस्पतालले बताएको छ ।

दुर्घटनामा परी तत्कालै शल्यक्रिया गर्नुपर्ने बिरामी, सबै प्रकारका सामान्य वा जटिल प्रकारको शल्यक्रिया, प्रसुती गराउनुपर्ने वा प्रसुती सेवा दिनुपर्ने महिला, लामो समय अस्पतालमा उपचार गराएर घर फर्कनुपर्ने व्यक्ति तथा अन्य अस्पतालबाट परीक्षणका लागि पठाइएका व्यक्तिहरुलाई सेवा दिने गरी पिसिआर परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ ।


त्यसैगरी वैदेशिक रोजगारीमा जाने कामदार, विदेश जानुपर्ने व्यक्ति, कुटनीतिक नियोगका कर्मचारी आदिलाई समेत शुल्क लिएर पिसिआर परीक्षण गराइने अस्पतालले जनाएको छ ।


अहिले नेपाल सरकारले तोकेको अधिकतम शुल्क अर्थात् ५ हजार ५ सय रुपैयाँ शुल्क लिएर परीक्षण सुरु गरेको भएपनि अस्पतालमा हुने खर्च, परीक्षण गर्न आवश्यक उपकरण आदिको खर्च, कर्मचारीको खर्च आदि हेरी उक्त शुल्क घटाउन समेत सकिने अस्पतालका प्रशासन प्रमुख प्रकाश भट्टराईले जानकारी दिए ।

Trending News