काठमाडौं, २६ साउन । सहकारीको आवरणमा ऋणीको बहुमुल्य घरजग्गा कमसल मुल्यांकन गरेर ठगी गर्दै आएका सहकारीका प्रमुख कार्यकारी निर्देशक नेपाली कांग्रेस निकट वित्तिय तथा सहकारी समन्वय विभागको सदस्य बनेका छन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विभागका पदाधिकारी र सदस्यहरु छनौट गरेका थिए ।
जसमा वित्तिय तथा सहकारी समन्वय विभागको संयोजकमा आनन्द प्रसाद ढुङ्गानालाई बनाइएको छ । ढुंगाना नेतृत्वको समितिमा पुल्चोक स्थित विवादित श्री लाली गुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी समेत सदस्य छन् ।
भण्डारीको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ‘ठगी अभियोगमा’ छानबीन गरिरहेको छ । उनले सर्वसाधरणको बचतबाट शुन्य प्रतिशतमा ऋण अपचलन गर्ने र उक्त पैसा लगेर घरजग्गा दलाली समेत गर्दै आएका थिए । त्यति मात्रै होइन किर्ते मुल्यांकनको आधारमा ऋणीको घर जग्गा हडपेको समेत खुलेको थियो । चर्चित गायक रामकृष्ण ढकालले समेत आफूलाई भण्डारीले ठगी गरेको पत्रकार सम्मेलन गरेर बताएका थिए ।