धादिङका प्रहरी प्रमुख एसपीसहित ५ जनालाई कोरोना संक्रमण पुष्टि !

दियो पोस्ट  

दियोपोष्ट संवाददाता,


धादिङ, २७ साउन । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुखसहित ५ जनालाई कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । ४७ वर्षिय प्रहरी प्रमुखसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाका एक कर्मचारीले दियोपोष्टलाई जानकारी दिए ।


कोरोना संक्रमण पुष्टि भएको विषयमा धादिङका प्रहरी प्रमुख रवीन्द्र रेग्मीलाई प्रश्न गर्दा उनले आफूलाई जानकारी नआएको बताए । यद्धपी बाहिरी हल्ला भने सुनेको उनको भनाई छ ।

सिफारिस