काठमाडौँ — गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको हत्या घटनामा समलग्न कल्पना मुडभरीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बोहोराको हत्यामा समलग्न चितवन घर भएकी ३७ वर्षिय कल्पना मुडभरीले रुसलान भोड्का नामक मदिरामा औषधी हालेर लठ्याएकी थिइन् ।
मंगलबार सार्वजनिक भएकी कल्पनाले हत्यामा प्रयोग गरेको औजार समेत सार्वजनिक गरेको छ । शनिबार राती कल्पनासँगै रात विताउन गएका बोहराले कल्पनासँगै वियर खाएका थिए । त्यसपछि दहिमा औषधी हालेर बोहोरालाई बेहोस बनाइएको थियो । बेहोस् भएका बोहोरालाई कल्पनाले संवेदनशिल अंगमा हथौडाले प्रहार गरेकी थिइन् ।
चार वर्षअघि देखि नै सामाजिक सञ्जालमा चिनजान भएका बोहोराले कल्पनाको नग्न तस्विर राखेर ब्ल्याकमेल गर्दै आएको खुलेको छ । प्रहरीले घाँटीमा कस्नका लागि झुण्ड्याएको सल, हथौडा, हात खुट्टा र घाँटी काट्न प्रयोग भएको खुकुरी समेत सार्वजनिक गरेको छ ।