
काठमाडौँ, साउन २७ । काठमाडौँ उपत्यकामा मंगलबार एकैदिन १ सय ३४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरसहित तीन जिल्लामा २४ घण्टामा पछिल्लो दिनभन्दा तीन गुणा संक्रमित थपिएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रािष्ट्रय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका २८ र ललितपुरका १ जनामा कोरोना पोजेटिभ पाइएको छ । त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौँका २० , भक्तपुरका २ जनामा पोजेटिभ रिपोर्ट आएको हो ।
पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौँ र भक्तपुरका ८÷८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीर अस्पताल प्रयोगशलामा काठमाडौँका ३ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौँका १३ र ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ५ जना, स्टार अस्पताल ललितपुरमा काठमाडौँका १४ र ललितपुरका १ जना, व्युध प्रयोगशालामा काठमाडौँका २ र ललितपुरका २ , काठमाडौँ मेडिकल कलेजमा काठमाडौँका २ जना, ह्याम्स हस्पिटलमा काठमाडौँका ८ र ललितपुरका १ जना, नेपाल कोरियामैत्री अस्प्तालमा काठमाडौँका ४ र भक्तपुरका १ जना, वीरेन्द्र अस्पतालमा काठमाडौँका ३ जना र भेरी अस्पतालमा ललितपुरका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।
मंगलबार नेपालभर थप ६ सय ३८ जना संक्रमित थपिएका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । त्यस्तै मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् । यो संगै कुल निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् ।