अख्तियार प्रमुख नविन घिमिरेलाई कोरोना भाइरस संक्रमण !

दियो पोस्ट  

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि गरिएको स्वाव संकलन पछि मंगलबार आएको नतिजामा घिमिरे संक्रमित भएको खुलेको हो । केही सातायता अख्तियार केन्द्रीय कार्यालय,टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमित घिमिरेलाई कुनै पनि लक्षण भने देखिउको छैन । उनी एक हप्ताअघिदेखि कार्यालय नआएको बताइएको छ ।