काठमाडौँ उपत्यकामा थप १३८ जना कोरोना संक्रमित भेटिए !

दियो पोस्ट  

काठमाडौँ, साउन २८ । काठमाडौँ उपत्यकामा बुधबार एकैदिन १ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमित मध्य २१ जना ललितपुरका, भक्तपुरका ८ जना र काठमाडौँका १ सय ९ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ रहेको छ ।