डा. बाबुराम भट्टराईको नक्कली भिडियो बनाएपछि माउन्टेन टेलिभिजन कारबाहीमा !

दियो पोस्ट  

काठमाडौं, २९ साउन । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विषयमा प्रशारित रिपोर्टका कारण माउन्टेन टेलिभिजन प्रेस काउन्सिल नेपालको कालोसुचिमा परेको छ ।


गत असार ३१ गते माउन्टेन टेलिभिजनमा डा. बाबुराम भट्टराईलाई भारतको प्रवक्ता रहेको भन्दै रिपोर्ट बजाइएको थियो । उक्त रिपोर्टले बाबुरामको चरित्र हत्या भएको भन्दै उनका प्रेस सल्लाहाकार विश्वदिप पाण्डेले प्रेस काउन्सिलमा उजुरी गरेका थिए ।

उजुरीपछि काउन्सिलले गरेको छानबीनका क्रममा उक्त टेलिभिजनलाई साउन २ गते स्पष्टिकरण समेत सोधिएको थियो । तर, उक्त स्पष्टिकरणमा जवाफ चित्त बुझ्दो नभएको भन्दै पाण्डेले फेरी उजुरी दिएका थिए । साउन २२ गते उक्त सामग्री हटाउन भन्दै काउन्सिलले टेलिभिजनलाई फेरी पत्राचार गरेको थियो । तर उक्त निर्देशनको समेत अवज्ञा गरेपछि साउन २८ गते बसेको अनुगमन समितिको बैठकले विगतमा भएको निर्देशन पालनाको विषयमा छलफल गरेको थियो ।


साउन २७ गते काउन्सिलमा टेलिभिजनले इमेल मार्फत पठाएको क्षमायाचना सन्देश समेत नक्कली रहेको पाइएपछि काउन्सिलले माउन्टेन टेलिभिजनलाई कालोसुचीमा राखेको हो । साथै उक्त टेलिभिजनलाई सुचना तथा प्रशारण विभागले उपलब्ध गराउँदै आएको सेवा सुविधा समेत रोक लगाउन काउन्सिलले निर्देशन दिएको छ ।


यी हुन् कालोसुचीमा परेका सञ्चारमाध्यम