काठमाडौँ, साउन ३० । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुगेका छन् । जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा शुक्रबार पहिरोले पुर्याएको क्षति अवलोकन गर्न सभामुख सापकोटा केहीबेर अघि जुगल पुगेका हुन् ।
नेपाली सेनाको हेलिकप्टरबाट जुगल पुगेका सापकोटाले पहिरोले पुर्याएको क्षति अवलोकन गरेका छन् । उनले पहिरोबाट विस्थापित भएका परिवारका सदस्यहरुसँग पनि कुराकानी गरेका छन् ।
पछिल्लो विवरणअनुसार पहिरोले कुल ३७ घर पुरिएका छन् भने ३८ जना वेपत्ता भएका छन् । वेपत्ताहरुको खोजी र घाइतेहरुको उद्धारका लागि नेपाली सेना, प्रहरी र स्थानीय युवा परिचालन गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिएका छन् ।