रामेछाप, ३० साउन। लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई प्रहरीले पक्राउ गरेको छ ।
गाउँपालिकाद्धारा सञ्चालित विकास निर्माणको योजनामा स्थानीय एक उपभोक्ता समितिका व्यक्तिलाई बन्दक बनाएको उजुरीको आधारमा प्रहरीले खडकालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बन्दक र ठगी गरेको आरोपमा खडकालाई पक्राउ गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘उजुरीको आधारमा खडकालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं ।’