कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९९ पुग्यो

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन ३० । नेपालमा शुक्रबार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ र सिराहाका एक÷एक पुरुष तथा बाराका दुई पुरुष रहेका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबारसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ९९ पुगेको छ । जसमध्य ७७ पुरुष र २२ महिला रहेका छन् ।

शुक्रबार नै देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ५ सय ९४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ। त्यस्तै शुक्रबार डिस्चार्ज भएका २ सय ४० सहित हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३८ पुगेको छ ।

सम्बन्धित खबर