काठमाडौं,३० साउन । राष्ट्रियतको चट्टानी अडान लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई देवत्करण गर्ने प्रयास भइरहेको छ ।
खासगरी भारतीय हस्तक्षेप विरुद्ध खरो रुपमा उत्रिएको भन्दै ओलीले जनमत प्राप्त गरेका थिए । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला भारतीय बायु सेनाको मार्सल जनकपुरमै परेड खेलेपछि ओलीको राष्ट्रवाद उदाङगिएको हो ।
तर, सरकारले जारी गरेको राजनीतिक नक्सालाई लिएर फेरी ओलीको देवत्वकरण शुरु भएको छ । यद्धपी भारत विरुद्ध भाषणबाजीमा उत्रिएका प्रधानमन्त्री ओलीका निकटहरु भने दिनदहाडै भारतीय दुतावासका व्यक्तिहरुसँग रहस्यमयी भेटघाटमा देखिन थालेका छन् ।
विहिबार लाजिम्पाट स्थित प्रसिद्ध विक्रम राणाको निवासमा भारतीय दूतावासका अधिकारीहरु र दुई तिहाई बहुमत निकट (नेकपा)को ओली नेतृत्वको सरकारका एक राज्य मन्त्री रहस्यमयी रुपमा भारतीय अधिकारीसँग देखिएका छन् ।
प्रधानमन्त्री ओलीका अत्यन्तै निकट व्यापारी समेत रहेका उद्योग राज्य मन्त्री मोती दुगडको पूर्व युवराज्ञी हिमानी शाहको भिनाजु प्रसिद्ध विक्रम राणाको लाजिम्पाट स्थित निवासमा विहिबार दिउँसो दुई बजे देखि पौने ५ बजेसम्म त्यस्तो रहस्यमय आवतजावत देखिएको हो ।
पूर्व राजा ज्ञानेन्द्रको कान्छो मामाको उक्त घर पछिल्लो समय पूर्व युवराज्ञी हिमानीका भिनाजु प्रसिद्ध विक्रम राणाले भोगचलन गदै आएका छन् । उक्त घरमा जिउँसो दुई बजेपछि भारतीय दूतावासका प्रवत्ता अभिशेक दुवे र राजनीतिक डेस्कका प्रमुख भिप्रा पाण्डे गएका थिए । र उनीहरु त्यहाँ चार बजेसम्म नै बसेका थिए ।

सवा चार नबज्दै राज्यमन्त्री दुगढ त्यहाँ पसेका पौने ६ बजे मात्रै बाहिरिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक एवं प्रधानमन्त्री ओलीका अति प्रशंसक राज्यमन्त्री दुगढ र दूतावासका अधिकारीहरु त्यहाँ किन पुगेका थिए र घण्टौसम्म को सँग के कुरा गरेर बसेका थिए ।
उद्योग राज्य मन्त्री दुगढले सञ्चार माध्यमसँग खुलमखुल्ला आफू उक्त घरमा पुगेको स्विकार गरेका छन् । ‘म त्यहाँ घर हेर्न गएको थिएँ । दलालले लगेको थियो , मन परेन फर्किएँ ’।
कस्को घर रहेछ भन्ने थप प्रश्नमा , ‘उनले खै कुन्नी के नामको राणाको घर रहेछ ’ भनी आफूले नाम बिर्सिएको बताए । तर उक्त घर भाडामा वा बिक्रीमा नरहेको बुझिएको छ ।