प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठलाई सरकारले हटायो, उनको ठाउँमा भण्डारी !

दियो पोस्ट  

काठमाडौँ, ३ भदौ । सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको जिम्मेवारी खोसेको छ । उनको स्थानमा केहीदिनअघि मात्रै नियुक्त भएकी दुर्गा भण्डारीलाई नियुक्त गरेको छ ।

यसअघि कार्याबाहक रहेका श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक समेत हुन् । श्रेष्ठलाई हटाएर प्रधानन्त्री आली निकट मानिने भण्डारीलाई कार्यबाहक अध्यक्ष बनाइएको हो । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको पाइएको छ ।

भण्डारीलाई नियुक्त गर्न बसेको मन्त्रिपरिषद बैठकले नियमावली नै हेरफेर गरेको समेत बताइएको छ । नियमावली परिवर्तन गरेरै उनलाई नियुक्त गरि श्रेष्ठलाई हटाइयो ।

सम्बन्धित खबर