काठमाडौँ, ३ भदौ । एउटा म्युजिक भिडिओको नाममा राष्ट्रिय झण्डा जलाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महासाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार अहिलेसम्म चार जनालाई पक्राउ गरिएको छ ।
भदौ १ गते युटुभमा अपलोड भएको उक्त म्युजिक भिडियो विवादमा आएको थियो ।
प्रहरीले अझै ७ जनाभन्दा बढीलाई पक्राउ गर्न बाँकी रहेको जनाएको छ । उनीहरुको पहिचान समेत भएको महसाखाले जनाएको छ ।
गायक दोर्जे तामाङलाई पक्राउ गर्न चौतर्फी माग भएको छ ।
भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।