पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

दियो पोस्ट  

काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना भाइरसकाे स‌ंक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७०० पुगेको छ।

पछिल्लो २४ घण्टामा  ११ हजार  ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा रहेका छन्।

देशभर सक्रिय संक्रमित  ११ हजार १  सय १८ छन्।

सम्बन्धित खबर