निषेधाज्ञा उलंघन गर्ने १३४ जना सर्वसाधरण प्रहरीको नियन्त्रणमा, २ सयभन्दा बढी सवारी साधन कारबाहीमा !

दियो पोस्ट  

काठमाडौ, ४ भदौ । काठमाडौं सहित ३ जिल्लाम घोषित निषेधाज्ञा उलंघन गर्ने २ सयभन्दा बढी सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।


काठमाडौं उपत्यकाको विभिन्न स्थानमा प्रहरीले कडा चेकिङ गरिरहेको छ । कोटेश्वर, बानेश्वर, जावलाखेललगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सवारी पक्राउ गरी सवारी धनिलाई भने घर फर्काएको छ । पक्राउ गरिएको सवारीलाई भोलीबाट ननिस्कन अनुरोध गर्दै छाडिने जनाइएको छ ।,

प्रहरीले १ सय ३४ जनालाई नियन्त्रणमा लिएर राखेको छ । पहिलो पटक सम्झाएर घर फर्काउने प्रहरीको तयारी छ । यद्धपी सम्झाउँदा नमान्नेलाई संक्रमण रोग ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर